वैतेश्वरमा पहिलो वडास्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता सुरु
खेलकुदले शिक्षक–कर्मचारीबीचको आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पुर्याउने विश्वास
531
SharesNews Summary
- दोलखाको वैतेश्वर गाउँपालिकामा शिक्षक र कर्मचारीबीच सम्बन्ध सुदृढ गर्न तथा खेलाडी उत्पादनमा प्रोत्साहन दिन प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ।
- गाउँपालिकाको आयोजनामा दुई दिनसम्म चल्ने यस प्रतियोगितामा कुल १० टिम सहभागी छन्।
दोलखा– वैतेश्वर गाउँपालिकामा शनिबारदेखि ‘प्रथम वडास्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिता गाउँपालिकाको आयोजना तथा वैतेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा दुई दिनसम्म सञ्चालन हुँदैछ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष छवि लामाले खेलकुदले शिक्षक र कर्मचारीबीचको सम्बन्धलाई सुमधुर र मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उपाध्यक्ष कल्पना उप्रेतीले भने, “विद्यालय नै खेलाडी उत्पादन गर्ने मुख्य थलो भएकाले शिक्षकहरूलाई खेलकुदमा सक्रिय बनाउनु आवश्यक छ। यसरी शिक्षक आफैं खेलमा लाग्दा नयाँ र दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्छ।”
उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक तामाङ, वडा नं. १ का अध्यक्ष भीमबहादुर तामाङ, वडा नं. ३ का अध्यक्ष कमल अधिकारी, जिल्ला खेलकुद संघ दोलखाका अध्यक्ष आशिष तामाङसहित कर्मचारी, स्थानीयबासी, अभिभावक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो।
प्रतियोगितामा पालिकाका ८ वटै वडाका टिम र आयोजक टिमसहित कुल १० टिम सहभागी छन्।
531 Shares
