११ माघ २०८२, आइतवार

भर्खरै

भीमेश्वर–४ मा खुला भलिबल प्रतियोगिता सम्पन्न; टहले गुठी बन्यो विजेता, फसिभै ब्रदर्स द्वितीय र सेतीदेवी समूह तृतीय ।

भीमेश्वर–४ मा खुला भलिबल प्रतियोगिता सम्पन्न, टहले गुठी प्रथम

युवाहरूलाई सिर्जनशील बनाउन खेलकुदको भूमिका वडा अध्यक्षद्वारा खेलकुद कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता

हेर्दाहेर्दै डेस्क २८ पुष २०८२, सोमवार
भीमेश्वर–४ मा खुला भलिबल प्रतियोगिता सम्पन्न, टहले गुठी प्रथम

News Summary


  • भीमेश्वर नगरपालिका–४ वडा कार्यालयद्वारा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
  • प्रतियोगितामा टहले गुठी प्रथम, फसिभै ब्रदर्श ग्रुप द्वितीय र सेतीदेवी समूह तृतीय हुँदै नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
  • वडा अध्यक्षले खेलकुदले युवाहरूलाई सकारात्मक बनाउने र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

​दोलखा । भीमेश्वर नगरपालिका–४ नम्बर वडा कार्यालयद्वारा आयोजित खुला भलिबल प्रतियोगिता ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सम्पन्न भएको छ। ​

प्रतियोगितामा कूल ६ वटा टिम सहभागी थिए। प्रतिस्पर्धामा टहले गुठी प्रथम, फसिभै ब्रदर्श ग्रुप द्वितीय र सेतीदेवी समूह तृतीय भए। विजेता टिमहरूले क्रमशः नगद २५,०००, १५,००० र ७,००० रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू सागर श्रेष्ठ, मोहन श्रेष्ठ, कुशल चौलागाई र कृष श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरियो। ​

समापन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य मेनुका चौलागाई प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तारानाथ चौलागाईले यस्ता खेलकुद गतिविधिले युवाहरूलाई नकारात्मक प्रवृत्तिबाट टाढा राखी सकारात्मक र सिर्जनशील कार्यमा प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि वडा स्तरमा यस्ता खेलकुद कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। ​

कार्यक्रममा वडा सदस्यहरू, स्थानीय संघ–संस्थाका प्रतिनिधि, खेलाडी तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति थियो। वडा कार्यालयले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण टिम र समुदायप्रति धन्यवाद ज्ञापन गरेको छ।

130 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट