११ माघ २०८२, आइतवार

भर्खरै

वैतेश्वर भलिबलको उपाधि कर्मचारी टिमलाई; वडा नं. २ उपविजेता, वडा नं. ३ तेस्रो।

वैतेश्वर भलिबल: कर्मचारी टिमलाई उपाधि

वैतेश्वर गाउँपालिका भलिबल प्रतियोगिता: शिक्षक टिमलाई हराउँदै कर्मचारीको टोली विजयी

हेर्दाहेर्दै डेस्क २८ पुष २०८२, सोमवार
वैतेश्वर भलिबल: कर्मचारी टिमलाई उपाधि

00:0000:00

News Summary


  • वैतेश्वर गाउँपालिकाले आयोजना गरेको वडा स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिताको उपाधि गाउँपालिका कर्मचारी टिमले जित्यो।
  • विजेता कर्मचारी टिमले नगद ३० हजार रुपैयाँ प्राप्त गर्‍यो, भने वडा नम्बर–२ को शिक्षक टिम उपविजेता बन्यो।
  • यो प्रतियोगिता शिक्षक र कर्मचारीबीच आपसी समन्वय र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

दोलखा। वैतेश्वर गाउँपालिकाले आयोजना गरेको वडा स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिताको उपाधि गाउँपालिका कर्मचारी टिमले जितेको छ। नाम्दुस्थित वैतेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १० वटा टिमलाई पछि पार्दै कर्मचारी टिम प्रथम भएको हो।

उपाधिसँगै कर्मचारी टिमले नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ। ​प्रतियोगितामा वडा नम्बर–२ को शिक्षक टिम उपविजेता बन्दै २० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो। यस्तै, वडा नम्बर–३ ले तेस्रो र वडा नम्बर–१ ले सान्त्वना स्थान हासिल गरेका छन्।

शिक्षक र कर्मचारीहरूबीच आपसी समन्वय, सहकार्य र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको गाउँपालिका प्रवक्ता श्यामकुमार घिसिङले जानकारी दिए।

167 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट