११ माघ २०८२, आइतवार

भर्खरै

कालिन्चोक राष्ट्रपति रनिङ शिल्डको उपाधि हिलेपानी संस्कृत माविलाई।

कालिन्चोक राष्ट्रपति रनिङ शिल्ड: हिलेपानी संस्कृत मावि पहिलो

मैदानमा खेलाडी, मनमा सहिदको सम्झना

हेर्दाहेर्दै डेस्क २८ पुष २०८२, सोमवार
कालिन्चोक राष्ट्रपति रनिङ शिल्ड: हिलेपानी संस्कृत मावि पहिलो

News Summary


  • कालिन्चोक गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि हिलेपानी संस्कृत माध्यमिक विद्यालयले जितेको छ।
  • लापिलाङको विकास र पहिरो नियन्त्रणमा राज्यबाट उपेक्षा भएको गुनासो उठेपछि राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले बजेट ल्याउन नसकेकोमा सार्वजनिक रुपमा माफी मागे।

​दोलखा। कालिन्चोक गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हिलेपानी संस्कृत माध्यमिक विद्यालयले जितेको छ। लापिलाङ माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र १ कास्य पदक जित्दै हिलेपानी प्रथम भएको हो। ​

प्रतियोगितामा ६ स्वर्णसहित जाल्पाश्वरी मावि दोस्रो र ५ स्वर्ण पदक जितेको आयोजक लापिलाङ मावि तेस्रो भएका छन्। विजयी खेलाडी तथा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गरे।

​'विशाल खड्का मन्त्री हुँदा बाहेक लापिलाङले बजेट पाएन'

पुरस्कार वितरण समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले लापिलाङको पहिरो नियन्त्रण र विकासमा राज्यले उपेक्षा गरेको भन्दै असन्तुष्टि पोखे। उनले दोलखाका नेताहरू मन्त्री र सांसद हुँदा पनि लापिलाङको मुख्य समस्या समाधानमा चासो नदिएको आरोप लगाए। ​

"दोलखाकै नेता विशाल खड्का बागमती प्रदेशको वन तथा वातावरण मन्त्री हुँदा मात्रै लापिलाङ पहिरो नियन्त्रणका लागि बजेट आएको थियो," उपाध्यक्ष बुढाथोकीले भने, "त्यसबाहेक जिल्लाका अन्य प्रभावशाली नेताहरू पटक-पटक मन्त्री र सांसद बने पनि लापिलाङले बजेट नपाउनु दुःखद छ।" ​

सांसद रिजालको सार्वजनिक माफी

उपाध्यक्षको गुनासोपछि सम्बोधनका क्रममा सांसद घनश्याम रिजाल भावुक बनेका थिए। उनले लापिलाङको बस्ती संरक्षणका लागि आफूले पटक-पटक प्रयास गरे पनि बजेट पार्न नसकेको स्वीकार गर्दै स्थानीय जनतासँग सार्वजनिक रूपमा माफी मागे। ​

जिल्लाकै सांसद प्रदेशको अर्थमन्त्री जस्तो शक्तिशाली पदमा रहँदा पनि लापिलाङको पहिरो नियन्त्रणमा बजेट नआउनु लज्जास्पद भएको उनले बताए। "बजेट ल्याउन नसकेकोमा म आफ्नो तर्फबाट मात्र होइन, जिल्लाका ती प्रभावशाली सांसद र मन्त्रीको तर्फबाट पनि लापिलाङवासीसँग क्षमा चाहन्छु," रिजालले भने।

 
358 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट