१६ असार २०८३, मङ्गलवार

भर्खरै

दोलखा उद्योग वाणिज्य संघमा एमाले–रास्वपा गठबन्धनको लज्जास्पद हार

दोलखा उद्योग वाणिज्य संघमा एमाले–रास्वपा प्यानल 'क्लिन स्वीप', सनत थापाको प्यानल विजयी

मुख्य १३ पदमै थापा प्यानलको वर्चस्व: दिनेश पाठक नेतृत्वको संयुक्त प्यानलको सबै पदमा पराजय

हेर्दाहेर्दै डेस्क १ जेठ २०८३, शुक्रवार
दोलखा उद्योग वाणिज्य संघमा एमाले–रास्वपा प्यानल 'क्लिन स्वीप', सनत थापाको प्यानल विजयी

News Summary


  • उद्योग वाणिज्य संघ दोलखाको १६औँ जिल्ला अधिवेशनको निर्वाचनमा सनत थापा नेतृत्वको प्यानलले नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संयुक्त प्यानललाई नराम्ररी पराजित गर्यो।
  • थापा समूहले अध्यक्षसहित सबै पदाधिकारी र सदस्य पदमा वर्चस्व कायम गर्दै एमाले–रास्वपा गठबन्धनलाई पूर्ण रूपमा बढारेको छ।
  • यो परिणामले व्यवसायीहरूले राजनीतिक गठबन्धनलाई अस्वीकार गर्दै व्यावसायिक प्यानललाई पूर्ण बहुमतका साथ नेतृत्व सुम्पेको देखाएको छ।

दोलखा । उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संयुक्त प्यानल नराम्ररी पराजित भएको छ। निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सनत थापा नेतृत्वको प्यानलले एमाले–रास्वपा गठबन्धनलाई पूर्ण रूपमा बढारेको हो। अध्यक्ष पदमा थापाले ४६२ मत प्राप्त गरी विजयी हुँदा एमाले–रास्वपा गठबन्धनका साझा उम्मेदवार दिनेश पाठक ३५९ मतमै खुम्चिनुभयो। यो परिणामसँगै जिल्लाको व्यावसायिक राजनीतिमा एमाले र रास्वपाको संयुक्त शक्तिलाई ठूलो धक्का लागेको छ।

​पदाधिकारी र सदस्यका सबै पदमा थापा समूहकै वर्चस्व कायम भएको छ। वरिष्ठ उपाध्यक्षमा प्रविण श्रेष्ठले ४४९ मत ल्याएर एमाले पक्षका विमल श्रेष्ठलाई पराजित गर्नुभयो भने महासचिवमा सुरेश उप्रेतीले ४९७ मतका साथ भारी जित निकाल्नुभयो। यस्तै, उपाध्यक्षमा विवेक कुमार खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, सचिवमा अनिल रिजाल र कोषाध्यक्षमा रामशरण बस्नेत विजयी हुनुभएको छ। कोषाध्यक्ष पदमा त विजयी उम्मेदवार बस्नेत र पराजित चन्द्र बहादुर तामाङ बीचको मतान्तर झण्डै दोब्बर (५२६ विरुद्ध २६९) देखिएको छ।

​सदस्य पदहरूमा पनि एमाले–रास्वपा प्यानलका उम्मेदवारहरूले लज्जास्पद हार बेहोरेका छन्। दलित सदस्यमा प्रकाश नेपाली, महिला सदस्यमा पार्वती भण्डारी शर्मा र खुल्ला सदस्यहरूमा कुमार श्रेष्ठ तथा राजेश उप्रेती विजयी हुनुभएको छ। शाखा सदस्यहरूमा पनि थापा पक्षकै छिरिङ नाम्गेल तामाङ र रिम बहादुर ओली निर्वाचित हुनुभएको छ। राजनीतिक रूपमा प्रतिष्ठाको लडाइँ मानिएको यो निर्वाचनमा व्यवसायीहरूले एमाले–रास्वपाको राजनीतिक गठबन्धनलाई अस्वीकार गर्दै थापा नेतृत्वको व्यावसायिक प्यानललाई पूर्ण बहुमतका साथ नेतृत्व सुम्पेका छन्।

766 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट