२२ माघ २०८२, बिहिवार

भर्खरै

दोलखा — स्वास्थ्य

दोलखामा MSS मापन कार्यक्रम सम्पन्न, आयुर्वेद चिकित्सालयले ६४.२ प्रतिशत अंक प्राप्त

दुईदिने मूल्याङ्कनमार्फत सेवा, व्यवस्थापन, पूर्वाधार र प्रभावकारिताका सूचकको विस्तृत मूल्याङ्कन

हेर्दाहेर्दै डेस्क २१ माघ २०८२, बुधवार
दोलखामा MSS मापन कार्यक्रम सम्पन्न, आयुर्वेद चिकित्सालयले ६४.२ प्रतिशत अंक प्राप्त

News Summary


  • स्वास्थ्य निर्देशनालय, हेटौडाको आयोजनामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखामा माघ १९ र २० गते न्यूनतम सेवा मापदण्ड (MSS) मापन कार्यक्रम सम्पन्न भयो।
  • दुईदिने मूल्याङ्कनमार्फत चिकित्सालयले ६४.२ प्रतिशत अंक प्राप्त गर्‍यो, जसले सेवाको गुणस्तर, व्यवस्थापन र पूर्वाधारको अध्ययन गर्‍यो।
  • चिकित्सालयले मूल्याङ्कन टोलीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सेवाको गुणस्तर अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

दोलखा । स्वास्थ्य निर्देशनालय, हेटौडा, मकवानपुरको आयोजनामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखामा माघ १९ र २० गते न्यूनतम सेवा मापदण्ड (MSS) मापन कार्यक्रम सम्पन्न भएको छ।

दुईदिने मूल्याङ्कनमार्फत चिकित्सालयले प्रदान गर्ने सेवाको गुणस्तर, व्यवस्थापन प्रणाली, सेवा प्रभावकारिता तथा पूर्वाधारको समग्र अध्ययन गरिएको थियो। MSS मापनको परिणाम अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाले ६४.२ प्रतिशत अंक प्राप्त गरेको निर्देशनालयले जनाएको छ।

कार्यक्रममा संयोजक डा. अर्जुन प्रसाद उपाध्याय, फोकल पर्सन सुशील आचार्य र कविराज निरीक्षक विनोद कुमार शाह नेतृत्वको टोलीले सेवा मापदण्डसँग सम्बन्धित विभिन्न सूचकको प्रत्यक्ष अवलोकन तथा मूल्याङ्कन गरेको थियो।

मापनले चिकित्सालयको सेवा अवस्थाबारे स्पष्ट अवलोकन गर्न सहयोग पुगेको भन्दै चिकित्सालय परिवारले मूल्याङ्कन टोलीप्रति आभार व्यक्त गरेको छ।
सेवा गुणस्तरमा निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै चिकित्सालयका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतले आगामी दिनमा सेवा अझ सुदृढ बनाइने बताए।

कार्यक्रम अध्यक्ष बस्नेतको अध्यक्षतामा तथा स्वास्थ्य निर्देशनालय हेटौडाका डा. उपाध्याय, आचार्य र शाहको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा चिकित्सालयका सम्पूर्ण कर्मचारी तथा स्थानीय सरोकारवालाको उपस्थिति थियो।

165 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट