४५औं वर्षमा गौरीशङ्कर क्याम्पस, शैक्षिक सुधारमा जोड
संस्थागत सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड
हेर्दाहेर्दै डेस्क
१७ चैत २०८२, मङ्गलवार
262
SharesNews Summary
- दोलखाको गौरीशङ्कर बहुमुखी क्याम्पसले ४५औं वार्षिकोत्सव मनाउँदै संस्थागत हित र शैक्षिक गुणस्तर सुधारमा जोड दियो।
- सो अवसरमा शिक्षक, कर्मचारी, विद्यार्थीलाई सम्मान तथा पुरस्कारका साथै दर्जनौँ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो।
दोलखा । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले ४५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि इश्वर नारायण मानन्धरले सामाजिक संघ–संस्थामा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । उनले संस्थागत हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
भीमेश्वर नगरपालिकाले क्याम्पसलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले आफ्नो कार्यकालमा क्याम्पसलाई आर्थिक, भौतिक र संस्थागत रूपमा सुधार गर्ने प्रयास भएको बताए । उनले अझै छात्रावास निर्माण र शैक्षिक गुणस्तर सुधार आवश्यक रहेको उल्लेख गरे ।
क्याम्पस प्रमुख शान्त बहादुर केसीले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी योजनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साथै छात्रवृत्ति कोषमार्फत दर्जनौँ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको क्याम्पसले जनाएको छ ।
262 Shares
हेर्दाहेर्दै डेस्क