एमालेका लोकप्रिय पूर्वउम्मेदवार सन्तोष दाहाल नेकपामा प्रवेश
मृगेमा बलियो पकड भएका पूर्वउम्मेदवार दाहालको प्रवेशले वैतेश्वर एमालेलाई धक्का
हेर्दाहेर्दै डेस्क
१४ माघ २०८२, बुधवार
996
SharesNews Summary
- नेकपा एमाले वैतेश्वरका नेता तथा पूर्वउम्मेदवार सन्तोष दाहाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
- मृगे क्षेत्रमा उनको व्यक्तिगत प्रभाव र बलियो जनमत भएकाले एमालेलाई सांगठनिक धक्का पुगेको छ भने नेकपालाई ठूलो बल मिलेको छ।
दोलखा । नेकपा एमाले वैतेश्वरका नेता तथा पूर्वउम्मेदवार सन्तोष दाहाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। वैतेश्वर गाउँपालिका-३ मृगे निवासी दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्यको उम्मेदवार बनेका थिए।
त्यतिबेला उनको प्यानल पराजित भए पनि दाहालले भने आफ्नो टिमको भन्दा निकै बढी र लोकप्रिय मत प्राप्त गरेका थिए। मृगे क्षेत्रमा व्यक्तिगत प्रभाव र बलियो जनमत भएका दाहालको बर्हिगमनले वैतेश्वर एमालेलाई सांगठनिक धक्का लागेको छ भने नेकपालाई सो क्षेत्रमा ठूलो बल मिलेको छ। उनीसँगै एमालेका केही सक्रिय कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन्।
996 Shares
हेर्दाहेर्दै डेस्क