हजार लामाको नेतृत्वमा कांग्रेस–एमालेका कार्यकर्ता सामूहिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
प्रकाश तामाङ (हजार लामा) अगुवाइमा आठ जना स्थानीय नेता दल छोडेर नयाँ पार्टीमा सामेल भए।
हेर्दाहेर्दै डेस्क
२२ माघ २०८२, बिहिवार
730
SharesNews Summary
- नेपाली कांग्रेसका पूर्व वडा सभापति प्रकाश तामाङ (हजार लामा) को नेतृत्वमा कांग्रेस र एमालेका कार्यकर्ता सामूहिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
- नयाँ नेतृत्व र संगठनको कार्यशैली मन पराएर पार्टी प्रवेश गरेको उनीहरूले बताएका छन्, जसले नेपाली कम्युनिस्ट पार्टीको स्थानीय संरचना सुदृढ भएको दाबी गरिएको छ।
दोलखा । ०७९ मा नेपाली कांग्रेसबाट वडा सभापति तथा उम्मेदवार रहेका प्रकाश तामाङ (हजार लामा) को नेतृत्वमा कांग्रेस र एमालेका कार्यकर्ता सामूहिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनीहरू बिहीबार आयोजना गरिएको कार्यक्रममा औपचारिक रूपमा पार्टीमा समावेश भएका हुन्।
कार्यक्रममा विभिन्न दलमार्फत स्थानीय राजनीतिमा सक्रिय रहेका कार्यकर्ताहरूले पार्टी परिवर्तन गर्दै नेपाली कम्युनिस्ट पार्टी रोजेका छन्। प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका सुरज तामाङ, कालू तामाङ, झ्यान्टे तामाङ, गोपाल तामाङ, चन्द्र तामाङ र दिपक तामाङ छन्। त्यस्तै नेकपा एमालेबाट राज लामा र गौतम लामाले पनि दल त्याग गर्दै नयाँ पार्टीमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा नेकपा विगु गाउँपालिका पार्टी इन्चार्ज बुक्तम तामाङ, नेकपाका नेता रमेश ठकुरी, तथा विगु–२ का अध्यक्ष दिपक ठकुरीलगायतका स्थानीय नेताले उनीहरूलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए।
नेताहरूले हालको राजनीतिक परिवेशमा वैकल्पिक नेतृत्वको आवश्यकता बढेको उल्लेख गर्दै तामाङ नेतृत्वमा आएका कार्यकर्ताहरूले संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। प्रवेश गर्ने कार्यकर्ताहरूले नयाँ नेतृत्व, कार्यशैली र पार्टीको भावनासँग नजिक भएकै कारण पार्टी रोजेको बताए।
पार्टीका अनुसार तामाङ समूहको प्रवेशसँगै विगु–२ ओराङको स्थानीय राजनीतिको समीकरणमा नयाँ मोड आएको छ।
730 Shares
हेर्दाहेर्दै डेस्क