महिलाको सीप विकासका लागि सिलाइ–कटाइ तालिम सुरु
महिलालाई स्वरोजगार बनाउने लक्ष्यसहित गाउँपालिकाद्वारा तीनमहिने तालिम सञ्चालन
446
SharesNews Summary
- गाउँपालिकाले महिलाहरूको सीप विकास तथा आत्मनिर्भरताका लागि तीनमहिने सिलाइ–कटाइ तालिम सुरु गरेको छ।
- यस तालिममार्फत महिलाहरूलाई व्यवहारिक सीप प्रदान गरी स्वरोजगार बनाउने र आयआर्जनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
दोलखा । महिलाहरूको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकामा सिलाइ–कटाइसम्बन्धी तीनमहिने तालिम कार्यक्रम सुरु गरिएको छ।
वडा नं. ४ मा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले तालिमको उद्घाटन गरेका हुन्। कार्यक्रममा उपाध्यक्ष उमा लुङ्गेली शेर्पा मगर, वडा नं. ४ का वडा अध्यक्ष शिवहरि खत्रीलगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाले महिलाहरूलाई व्यवहारिक सीप प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको जनाएको छ।
तालिममार्फत सहभागी महिलाहरूले सिलाइ–कटाइसम्बन्धी व्यावसायिक ज्ञान हासिल गरी आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
446 Shares