Herda Herdai logo १० असोज २०८३, शनिवार

भर्खरै

दोलखामै पहिलोपटक स्थानीय तहमै कर सेवा

दोलखामै पहिलोपटक स्थानीय तहमै कर सेवा, गौरीशंकरमा सम्झौता

गौरीशंकर गाउँपालिकामा PAN दर्ता, नवीकरण र कर सेवा अब स्थानीय तहमै

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २७ साउन २०८३, बुधवार
दोलखामै पहिलोपटक स्थानीय तहमै कर सेवा, गौरीशंकरमा सम्झौता

दोलखा । गौरीशंकर गाउँपालिकाले गाउँपालिकाबाटै स्थायी लेखा नम्बर (PAN) दर्ता, नवीकरण तथा करसम्बन्धी सेवा दिने भएको छ।

यसका लागि गौरीशंकर गाउँपालिका र आन्तरिक राजश्व कार्यालय, धुलिखेलबीच सम्झौता भएको छ। बुधबार गाउँपालिकाको कार्यालय सुरीमा PAN दर्ता, नवीकरण, करसम्बन्धी जानकारी तथा करदाता सेवा सञ्चालन गर्ने विषयमा सम्झौता गरिएको हो।

सम्झौतापछि गाउँपालिकावासीले PAN बनाउन वा नवीकरण गर्न तथा करसम्बन्धी जानकारी लिन धुलिखेल जानुपर्ने बाध्यता हट्ने भएको छ। अब गाउँपालिकाबाटै यी सेवा लिन सकिनेछ।

गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले स्थानीय तहमै कर सेवा सुरु भएपछि नागरिकलाई सेवा लिन सहज हुने बताउनुभयो।

उहाँले गाउँपालिकाबाटै करसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन सम्झौता गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा गाउँपालिकाका कर्मचारी तथा आन्तरिक राजश्व कार्यालय, धुलिखेलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यससँगै गौरीशंकर गाउँपालिका दोलखा जिल्लामै स्थानीय तहमै कर सेवा सञ्चालन गर्ने पहिलो स्थानीय तह बन्ने भएको छ।

333 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट