Herda Herdai logo ११ असोज २०८३, आइतवार

भर्खरै

करेन्ट लागेर घाइते थामी हेलिकप्टरबाट काठमाडौं पठाइए

तामाकोशी पाचौंमा करेन्ट लागेर एक जना घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

तामाकोशीमा काम गर्ने क्रममा करेन्ट लागेर गोपाल थामी घाइते

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २७ साउन २०८३, बुधवार
तामाकोशी पाचौंमा करेन्ट लागेर एक जना घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

दोलखा । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन्।

घाइते हुनेमा मेलुङ गाउँपालिकाका ३५ वर्षीय गोपाल थामी रहेका छन्। उनी आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रो-केएसएनएस जेभी (SinoHydro-KSNS JV) अन्तर्गत बिगु गाउँपालिका–२, ओराङस्थित एडिट-३ मा काम गर्दै थिए।

काम गर्ने क्रममा थामीलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि आयोजनाका सामाजिक व्यवस्थापक शिवासिस स्वरले तत्काल उद्धार गरेको जनाइएको छ।

घाइते थामीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। उनलाई कीर्तिपुरस्थित वन अस्पतालमा उपचारका लागि लगिएको छ।

घाइते थामीको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

838 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट