जिरीमा मोटरसाइकलबाट लडेर एक महिला घाइते
हेर्दाहेर्दै डेस्क
८ पुष २०८२, मङ्गलवार
129
SharesAudio News
00:0000:00
News Summary
- जिरी नगरपालिका–६, हाटडाँडामा मोटरसाइकलबाट लडेर बिमली शेर्पा नामक एक महिला घाइते भइन्।
- अचानक कुकुरले बाटो काट्न खोज्दा चालकले एक्कासि ब्रेक लगाउँदा यो दुर्घटना भएको हो।
- घाइतेको जिरी अस्पतालमा उपचार भइरहेको छ र मोटरसाइकल तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दोलखा - जिरी नगरपालिका–६ हाटडाँडास्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट लडेर एक महिला घाइते भएकी छन्।
आज ( आइतबार) दिउँसो करिब १ बजे जिरी नगरपालिका–४ सिउरानीबाट हाटडाँडातर्फ आउँदै गरेको बा.७० प.६०३७ नम्बरको मोटरसाइकल अगाडि अचानक कुकुरले बाटो काट्न खोज्दा चालकले एक्कासि ब्रेक लगाएका थिए। सोही क्रममा मोटरसाइकलको पछाडि सवार महिला भुइँमा लडेर घाइते भएकी हुन्।
घाइते हुनेमा सव डिभिजन वन कार्यालय जिरी हाटडाँडामा कार्यरत जिरी नगरपालिका–४ सिउरानीकी ३६ वर्षीया बिमली शेर्पा रहेकी छन्। उनको टाउकोमा सामान्य चोट लागेको र हाल जिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
129 Shares
हेर्दाहेर्दै डेस्क