दोलखामा सडक भासिँदा टिपर सडक मुनि खस्यो, एक जना घाइते
हेर्दाहेर्दै डेस्क
८ पुष २०८२, मङ्गलवार
142
SharesNews Summary
- आज दोलखाको गौरीशंकर–३ मा सडक भासिएर एउटा टिपर दुर्घटनामा पर्यो।
- दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् भने चालक सकुशल छन्; टिपर घटनास्थलमै छ।
दोलखा । आज ( मङ्गलबार ) दिउँसो करिब २ बजे जिल्लाकाे गौरीशंकर गाउँपालिका–३ पुरानो गाउँ–गर्दिङ भित्री सडकखण्डमा सडक भासिँदा टिपर दुर्घटना भएको छ।
सडक स्तरोन्नतीका क्रममा अचानक सडक भाग भासिँएपछि बा.प्र.०१–००४ क ५४६० नम्बरको टिपर करिब ३–४ मिटर तल खसेको हो। दुर्घटनामा चालक सुरक्षित रहन सफल भए पनि सोही गाडीमा सवार भिमेश्वर नगरपालिका–५ का ३७ वर्षीय राजिब बस्नेत घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि सिंगटी प्राथमिक अस्पताल लगिएकोमा बाहिरी गम्भीर चोट नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
दुर्घटना भएको टिपर हाल घटनास्थलमै रहेको र घाइते उपचार तथा समन्वय प्रक्रियामा ठिङ्साङ कन्स्ट्रक्सनका सञ्चालक नवराज बस्नेत संलग्न रहेको बताइएको छ।
142 Shares
हेर्दाहेर्दै डेस्क