११ माघ २०८२, आइतवार

भर्खरै

प्रहरी कारबाही

मिडियाको खबरपछि हल्लियो अवैध उत्खनन धन्दा, दोलखामा १ लाख ३० हजार जरिवाना

फेसबुक भिडियोपछि प्रहरीको छापा, नदीजन्य पदार्थ उत्खननमा संलग्न सवारीसाधन कारबाहीमा

हेर्दाहेर्दै डेस्क २३ पुष २०८२, बुधवार
मिडियाको खबरपछि हल्लियो अवैध उत्खनन धन्दा, दोलखामा १ लाख ३० हजार जरिवाना

News Summary


  • दोलखामा अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध मिडिया, प्रहरी र स्थानीयको सहकार्यले तत्काल कारबाही भएको छ।
  • प्रहरीले अवैध उत्खननमा संलग्न एक एक्साभेटर र एक ट्रिपर नियन्त्रणमा लिई जरिवाना गरेको छ, जसले अवैध कार्यमा संलग्नहरूमा त्रास बढाएको छ।

दोलखा। अवैध उत्खननविरुद्ध मिडिया, प्रहरी र स्थानीयको सहकार्यले तत्कालै कारबाहीको परिणाम दिएको छ। स्थानीयले खिचेर फेसबुकमा सार्वजनिक गरेको भिडियो मिडियाले प्रसारण गरेलगत्तै प्रहरीले छानबिन सुरु गरेको हो।

अवैध उत्खननको भिडियो मिडियाको फेसबुक पेजमा अपलोड भएको केही मिनेटमै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महत्त्वले घटनास्थलको जानकारी लिएका थिए। त्यसपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीले बैतेश्वर गाउँपालिका अन्तर्गत तामाकोशी नदी बगरबाट लुकिछिपी बालुवा र ढुङ्गा उत्खनन गरिरहेको ना १ क ७६१३ नम्बरको एक्साभेटर नियन्त्रणमा लिएको छ। उक्त एक्साभेटरलाई जिल्ला समन्वय समितिमार्फत १ लाख रुपैयाँ जरिवाना गरिएको छ।

साथै, भीमेश्वर नगरपालिका–८ स्थित चरङ्गे खोलाबाट अवैध रूपमा ढुङ्गा बोकेर लैजाँदै गरेको बा ५ ख ४५०३ नम्बरको ट्रिपरलाई पनि नियन्त्रणमा लिइएको छ। सो ट्रिपरलाई ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

स्थानीयको सूचना, मिडियाको खबर र प्रहरीको सक्रिय कारबाहीपछि दोलखामा नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन गर्नेहरूमा त्रास बढेको छ।

प्रहरीले ‘नदीजन्य पदार्थ उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी नियमन कार्यविधि, २०७७’ अनुसार कारबाही गरिएको र यस्ता अवैध कार्य गर्नेहरूलाई आगामी दिनमा पनि कुनै छुट नदिइने स्पष्ट पारेको छ।

467 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट