११ माघ २०८२, आइतवार

भर्खरै

दोलखा / सार्वजनिक संरचनाको दुर्दशा

करोडौँको संरचना, प्रयोग गर्न नसकिने शौचालय : स्थानीय सरकारको गैरजिम्मेवारीपन

महँगो संरचना, लापरवाही व्यवस्थापन

हेर्दाहेर्दै डेस्क २५ पुष २०८२, शुक्रवार
करोडौँको संरचना, प्रयोग गर्न नसकिने शौचालय : स्थानीय सरकारको गैरजिम्मेवारीपन

News Summary


  • दोलखाको भीमेश्वर नगरपालिकाले करोडौँ खर्चेर बनाएको व्यावसायिक भवनको पाँचौँ तलाको शौचालय सरसफाइको अभावले प्रयोगविहीन भएको छ।
  • दुर्गन्धित र पानी जमेको शौचालयको नियमित अनुगमन र मर्मतसम्भार नहुँदा सेवाग्राहीले सास्ती खेपेका छन्।
  • भवन व्यवस्थापनको जिम्मेवारीमा अस्पष्टताले स्थानीय सरकारको गैरजिम्मेवारीपन झल्केको र तत्काल सुधारको माग गरिएको छ।

दोलखा । दोलखाको सदरमुकाम चरिकोटस्थित भीमेश्वर नगरपालिकाले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरी भाडामा दिएको व्यावसायिक बहुउद्देश्यीय भवनमै रहेको पाँचौँ तलाको शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ। आम्दानी लिइरहेको भवनमा समेत आधारभूत सुविधा सुनिश्चित गर्न नसक्नु स्थानीय सरकारको स्पष्ट गैरजिम्मेवारीपनका रूपमा देखिएको छ।

शौचालयमा गम्भीर सरसफाइको अभाव देखिन्छ। शौचालयभित्र पानी जमेको छ भने दुर्गन्ध फैलिँदा प्रयोग गर्न कठिन बनेको छ। दैनिक रूपमा व्यवसायी तथा सेवाग्राहीको बाक्लो आवतजावत हुने स्थान हुँदाहुँदै पनि नियमित अनुगमन र मर्मतसम्भार नहुँदा समस्या झन् जटिल बन्दै गएको छ।

भाडामा दिइएको भवनको सरसफाइ, मर्मतसम्भार तथा समग्र व्यवस्थापन कसको जिम्मेवारी भन्ने विषयमा स्पष्टता नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ। सरोकारवालाहरूले तत्काल अनुगमन गरी शौचालयको अवस्था सुधार गर्न, साथै जिम्मेवार निकायलाई जवाफदेही बनाउन माग गरेका छन्।

272 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट