काठमाडौँमा नेकपा दोलखाको ‘एकता सन्देश सभा’, एमाले नेता–कार्यकर्ताहरू प्रवेश
सभामा पार्टी सुदृढीकरण र आगामी चुनावी रणनीतिमा छलफल
हेर्दाहेर्दै डेस्क
२६ पुष २०८२, शनिवार
232
SharesNews Summary
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौँमा 'एकता सन्देश सभा' सम्पन्न गरेको छ ।
- कार्यक्रममा नेकपा एमालेका दुई नेता पार्टी छोडेर नेकपामा प्रवेश गरे।
- सभामा साङ्गठनिक सुदृढीकरण, चुनावी रणनीति र स्वर्गीय कृपाश्वर दाहालको योगदानको स्मरण गरिएको थियो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिको आयोजनामा काठमाडौँको जडिबुटिमा ‘एकता सन्देश सभा’ सम्पन्न भएको छ।
सभामा दोलखा जिल्लाबाट आएका नेताहरू र कार्यकर्ताहरूले साङ्गठनिक सुदृढीकरण र आगामी चुनावी रणनीतिको विषयमा छलफल गरेका थिए।
कार्यक्रममा नेकपा एमाले तामाकोशी–काठमाडौँ सम्पर्क समन्वय कमिटिका अध्यक्ष टिका फुँँयाल र भीमेश्वर नगरपालिका–९ का वडा सचिव बालकृष्ण रेग्मीले पार्टी छोडेर नेकपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई खादा र माला लगाएर स्वागत गरिएको थियो।
यसैबीच, तत्कालीन नेकपा (माओवादी) का जिल्ला सेक्रेटरी स्वर्गीय कृपाश्वर दाहालको योगदानको स्मरण गर्दै सम्मान गरिएको थियो।
सभामा केन्द्रीय र जिल्ला तहका विभिन्न नेताहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार यस कार्यक्रमले काठमाडौँमा रहेका दोलखाली नेता–कार्यकर्ताबीच आपसी समन्वय र साङ्गठनिक एकतालाई थप मजबुत बनाएको छ।
232 Shares
हेर्दाहेर्दै डेस्क