११ माघ २०८२, आइतवार

भर्खरै

दोलखाका एमाले नेता सुकराम तामाङ नेकपामा प्रवेश, पूर्वमन्त्री विशाल खड्काद्वारा स्वागत

एमाले सम्पर्क मञ्चका उपाध्यक्ष सुकराम तामाङ नेकपामा प्रवेश

विगु क्षेत्रमा नेकपाको संगठन थप सशक्त हुने विश्वास

हेर्दाहेर्दै डेस्क ३० पुष २०८२, बुधवार
एमाले सम्पर्क मञ्चका उपाध्यक्ष सुकराम तामाङ नेकपामा प्रवेश

00:0000:00

News Summary


  • नेकपा एमाले विगु–काठमाडौँ सम्पर्क मञ्चका उपाध्यक्ष सुकराम तामाङ नेकपामा प्रवेश गरेका छन्।
  • दोलखाको विगु गाउँपालिका घर भई काठमाडौँमा सक्रिय तामाङलाई नेकपाका नेताहरूले स्वागत गरेका हुन्।
  • उनको प्रवेशले विगु क्षेत्र र काठमाडौँमा पार्टी संगठन बलियो हुने विश्वास नेकपाले लिएको छ।

दोलखा । नेकपा एमाले विगु–काठमाडौँ सम्पर्क मञ्चका उपाध्यक्ष सुकराम तामाङ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। ​

दोलखाको विगु गाउँपालिका , लादुक घर भई हाल काठमाडौँमा राजनीतिक रूपमा सक्रिय तामाङले एमाले परित्याग गरी नेकपा रोजेका हुन्। उनलाई पूर्वमन्त्री एवं नेकपाका नेता विशाल खड्का, पार्टीका नेता बुक्तम तामाङ, रमेश ठकुरी लगायतका नेताहरूले स्वागत गरे। ​

पार्टीको नीति, विचार र कार्यदिशाबाट प्रभावित भएर आफू नेकपामा प्रवेश गरेको तामाङले बताएका छन्। उनले आगामी दिनमा पार्टीको संगठन विस्तार र जनसम्पर्कका काममा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता समेत जनाए। ​

तामाङको प्रवेशले विगु क्षेत्र र काठमाडौँमा रहेको पार्टी संगठनलाई थप बलियो बनाउने विश्वास नेकपाले लिएको छ।

1133 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट