११ माघ २०८२, आइतवार

भर्खरै

दोलखाको आहालडाँडामा बा बा.प्र. ०६-००१ ज ०२८८ नम्बरको ईभी भ्यान दुर्घटना

दोलखामा तुसारोले चिप्लिएर ईभी भ्यान दुर्घटना, तीन जना घाइते

तुसारोका कारण सडकबाट चिप्लिएर दुर्घटना; घाइतेको चरिकोटमा उपचार हुँदै

हेर्दाहेर्दै डेस्क २ माघ २०८२, शुक्रवार
दोलखामा तुसारोले चिप्लिएर ईभी भ्यान दुर्घटना, तीन जना घाइते

News Summary


  • दोलखाको आहालडाँडामा शुक्रबार बिहान सडकमा जमेको तुसारोका कारण एउटा विद्युतीय भ्यान दुर्घटनामा परेको छ।
  • दुर्घटनामा भ्यानमा सवार ६ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि चरिकोट पठाइएको छ।
  • प्रहरीले भ्यान चालक रबिन्द्र बुढाथोकीलाई नियन्त्रणमा लिएको छ।

दोलखा । लामोसाँघु-जिरी सडकखण्डमा पर्ने दोलखाको भीमेश्वर नगरपालिका-९, आहालडाँडामा शुक्रबार बिहान एउटा विद्युतीय (ईभी) भ्यान दुर्घटना भएको छ। काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०२८८ नम्बरको भ्यान बिहान करिब ९ बजे सडकमा जमेको तुसारोका कारण चिप्लिएर दुर्घटनामा परेको हो।

दुर्घटनामा भ्यान सडकबाट करिब १ मिटर तल खसेर पल्टिएको छ। भ्यानमा चालकसहित कुल ६ जना सवार रहेकोमा ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा भीमेश्वर नगरपालिका-६ का ६२ वर्षीय हरी बहादुर ठकुरी, सोही ठाउँकी ६१ वर्षीया निर्मला ठकुरी र रामेछापको गोकुलगंगा गाउँपालिका-२ की ४५ वर्षीया रेखा नेपाली रहेका छन्। ​घाइतेमध्ये ठकुरीको शरीरमा भित्री चोट लागेको छ भने निर्मलाको टाउकोमा र रेखाको दुवै घुँडामा चोट लागेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको र तत्कालै उद्धार गरी उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले रामेछाप मन्थली-१२ घर भएका २७ वर्षीय चालक रबिन्द्र बुढाथोकीलाई नियन्त्रणमा लिएको छ। अहिले उक्त सडकमा यातायात सुचारु रहेको र सवारी साधन घटनास्थलमै रहेको छ।

153 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट