Herda Herdai logo २६ असोज २०८३, सोमवार

भर्खरै

दोलखामा पहिरो

दोलखामा पहिरोमा परी ४ महिनाकी बालिकाको मृत्यु, आमा घाइते

कालिञ्चोक–१ क्याङ्पोलमा आइतबार राति पहिरो, १९ वर्षीया सर्मीला थामी घाइते; थप उपचारका लागि काठमाडौं रिफर

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २९ असार २०८३, सोमवार
दोलखामा पहिरोमा परी ४ महिनाकी बालिकाको मृत्यु, आमा घाइते

News Summary


  • दोलखाको कालिञ्चोकमा आइतबार राति आएको पहिरोमा ४ महिनाकी एलिना थामीको मृत्यु भएको छ ।
  • पहिरोमा घाइते भएकी १९ वर्षीया सर्मीला थामीलाई काठमाडौं रिफर गरिएको छ ।
  • स्थानीयवासी र सुरक्षाकर्मी उद्धारमा खटिएका थिए।

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा आइतबार राति आएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको मृत्यु भएको छ। उनकी आमा १९ वर्षीया सर्मीला थामी घाइते भएकी छन्।

वडा अध्यक्ष पदमबहादुर थामीका अनुसार पहिरोमा घाइते भएकी सर्मीलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धारमा खटिएका थिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

847 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट