१४ फागुन २०८२, शुक्रवार

भर्खरै

दोलखामा नेकपाको चुनावी गतिविधि बढ्दो

तामाकोशीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी सभा, दर्जनौँ नेता तथा कार्यकर्ता पार्टी प्रवेश

जिरी, शैलुङ र मेलुङपछि तामाकोशीमा नेकपाको चुनावी अभियान तीव्र

हेर्दाहेर्दै डेस्क १४ फागुन २०८२, बिहिवार
तामाकोशीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी सभा, दर्जनौँ नेता तथा कार्यकर्ता पार्टी प्रवेश

News Summary


  • नेकपा दोलखाले तामाकोशी गाउँपालिका–४, मालुमा चुनावी सभा सम्पन्न गर्‍यो।
  • सभामा उम्मेदवारहरूले दोलखाको विकासको प्रतिबद्धता जनाउँदै निर्वाचनमा विजयी गराउन आग्रह गरे।
  • यसै अवसरमा विभिन्न दलका दर्जनौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरे।

दोलखा । नेकपा दोलखाले तामाकोशी गाउँपालिका–४, मालुमा बिहीबार चुनावी सभा सम्पन्न गरेको छ। आगामी निर्वाचनको तयारीका लागि आयोजित सभामा धेरै स्थानीयले सहभागिता जनाएका थिए।

तामाकोशीका चुनावी कमान्डर अर्जुन योगीको अध्यक्षता तथा पूर्व सांसद गङ्गा कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमअघि स्थानीय बाजागाजासहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो।

सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार बिशाल खड्का तथा समानुपातिक उम्मेदवार महेन्द्र कार्कीले दोलखाको विकास, सुशासन र जनजीविकाका सवालमा पार्टीले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा विजयी गराउन आग्रह गर्नुभयो।

सोही अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई नेताहरूले खादा र अबिर लगाएर स्वागत गर्नुभएको थियो।

यसअघि जिरी, शैलुङ र मेलुङमा चुनावी सभा सम्पन्न गरिसकेको नेकपाले तामाकोशीको यस कार्यक्रममार्फत आफ्नो अभियानलाई थप सशक्त बनाएको जनाएको छ।

237 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट