दोलखामा नेकपाको संगठन विस्तार आक्रामक: लामाबगरबाट ४० भन्दा बढी नेता-कार्यकर्ता पार्टी प्रवेश
पार्टी प्रवेशको लहरले नेकपाको पकड थप बलियो
हेर्दाहेर्दै डेस्क
१५ फागुन २०८२, शुक्रवार
188
SharesNews Summary
- नेकपा दोलखाले संगठन विस्तार तीव्र पार्दै विगु–१ लामाबगरमा ४० भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएर जिल्लामा आफ्नो पकड बलियो बनाएको छ।
- नेकपाले विकास र समृद्धिको नेतृत्व गर्ने दाबी गर्दै यो ध्रुवीकरणले आगामी निर्वाचनमा विपक्षी दलहरूलाई चुनौती दिने बताएको छ।
दोलखा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले आफ्नो संगठन विस्तारलाई तीव्र बनाउँदै जिल्लामा आफ्नो पकड बलियो बनाउँदै गएको छ। पछिल्लो समय विभिन्न क्षेत्रमा पार्टी प्रवेशको लहर चल्दा नेकपाको सांगठनिक अवस्था थप मजबुत हुँदै गएको देखिन्छ।
यसै क्रममा, दोलखाको विगु–१ लामाबगरमा शुक्रबार आयोजित कार्यक्रममा ४० जना भन्दा बढी नेता तथा कार्यकर्ता विभिन्न राजनीतिक दल परित्याग गरी नेकपामा प्रवेश गरे। लामाबगर जस्तो रणनीतिक महत्वको क्षेत्रमा यति ठूलो संख्यामा कार्यकर्ताहरू समाहित हुनुले स्थानीय राजनीतिमा नयाँ तरंग उत्पन्न गरेको छ।
विकास र समृद्धिको नेतृत्व नेकपाले गर्ने: बिशाल खड्का
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा दोलखाका प्रतिनिधि सभा उम्मेदवार बिशाल खड्का ले नवप्रवेशीहरूलाई स्वागत गर्दै भने, “जनताको समर्थन हाम्रो अभियानको सबैभन्दा ठूलो शक्ति हो। अब विपक्षीहरूले हाम्रो सांगठनिक एकतामा कुनै कमजोरी देख्ने अवस्था छैन। हामी स्पष्ट एजेन्डा र अग्रणी भूमिकाका साथ यस क्षेत्रलाई विकासको मार्गमा डोर्याउनेछौँ।”
विपक्षीलाई चुनौती
नवप्रवेशी नेताहरूले वर्तमान नेतृत्वको पारदर्शिता, प्रभावकारी कार्यशैली र स्थानीय विकासप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर नेकपा रोजेको बताएका छन्। राजनीतिक विश्लेषकहरूले संकेत गरेका छन् कि यो ध्रुवीकरणले आगामी निर्वाचनमा विपक्षी दलहरूको रणनीतिमा ठूलो चुनौती दिनेछ र नेकपाको पकड अझ बलियो हुने छ।
कार्यक्रममा नेताहरू सन्जिव ओली, बिश्वास कार्की लगायत स्थानीय नेतृत्वको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले अबको समय गफभन्दा पनि परिणाममुखी विकासको भएको र त्यसको नेतृत्व नेकपाले मात्र गर्न सक्नेमा जोड दिएका थिए।
188 Shares
हेर्दाहेर्दै डेस्क