Herda Herdai logo २० असोज २०८३, मङ्गलवार

भर्खरै

बिगु गाउँपालिका

बिगु गाउँपालिकाको ऐतिहासिक सफलता : लामाबगर-फलाक नाकासम्म सडक पुग्यो

नेपाल-चीन जोड्ने छोटो व्यापारिक नाकामा स्थानीय तहकै पहलमा सडक सञ्जाल विस्तार

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ९ जेठ २०८३, शनिवार
बिगु गाउँपालिकाको ऐतिहासिक सफलता : लामाबगर-फलाक नाकासम्म सडक पुग्यो

News Summary


  • बिगु गाउँपालिकाले आफ्नै पहलमा नेपाल-चीन जोड्ने लामाबगर-फलाक नाकासम्म सडक सञ्जाल विस्तार गरेको छ।
  • यसले छोटो व्यापारिक नाकाको रूपमा दुईदेशीय व्यापार सञ्चालनमा सहजता ल्याई स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।

दोलखा । बिगु गाउँपालिकाले नेपाल-चीन जोड्ने लामाबगर-फलाक नाकासम्म सडक सञ्जाल विस्तार गर्न सफल भएको छ। गाउँपालिकाको पहलमा सडक ६१ नम्बर पिल्लरसम्म जोडिएको हो।

नेपाल सरकारको प्रत्यक्ष बजेट बिना स्थानीय तहको सक्रियतामा सडक नाकासम्म पुर्‍याइएको गाउँपालिकाले जनाएको छ।

लामाबगर-फलाक नाका नेपाल र चीन जोड्ने छोटो व्यापारिक नाकाका रूपमा परिचित छ। सडक पुगेपछि भविष्यमा दुईदेशीय व्यापार सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।

उक्त नाकामार्फत नेपालको स्थानीय उत्पादन चीनको रोङ्से बजारसम्म निर्यात गर्न सकिने तथा त्यहाँका सामग्री नेपाल भित्र्याएर व्यापार गर्न सकिने सम्भावना रहेको गाउँपालिकाको भनाइ छ।

गाउँपालिका अध्यक्ष सन्जिब ओलीले स्थानीय तहकै पहलमा सीमासम्म सडक पुर्‍याउनु गाउँपालिकाका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले नाकालाई व्यापारिक रूपमा सञ्चालन गर्न सके स्थानीय अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे।

सडक सञ्जाल विस्तारसँगै सीमावर्ती क्षेत्रको विकास, व्यापार विस्तार तथा स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

1028 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट