लप्ची घुम्न गएका दुई नेपाली पर्यटक चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
ड्रोन चिनियाँ भूभागमा पुगेपछि दुई नेपाली पर्यटक तातोपानी अध्यागमनमा पठाइए
1469
SharesNews Summary
* काठमाडौंबाट लप्ची भ्रमणमा गएका दुई नेपाली पर्यटक चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।
* ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि उनीहरूलाई तातोपानीस्थित अध्यागमन कार्यालय पठाइएको बताइएको छ।
दोलखा । काठमाडौंबाट लप्ची घुम्न गएका दुई जना नेपाली पर्यटक चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेको जानकारी प्राप्त भएको छ।
स्थानीय स्रोतका अनुसार उनीहरूले नेपाल-चीन सीमाक्षेत्रमा ड्रोन क्यामेरा उडाएका थिए। सो क्रममा ड्रोन चिनियाँ भूभागभित्र प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले दुवै जनालाई नियन्त्रणमा लिएका हुन्।
नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न तातोपानीस्थित अध्यागमन कार्यालय पठाइएको बताइएको छ।
1469 Shares