४ जीपीए ल्याउने सकिललाई गाउँपालिकाको सम्मान, नगदसहित ल्यापटप प्रदान
एसईई २०८२ मा दोलखामै उत्कृष्ट नतिजा ल्याएका निलकण्ठेश्वर माविका विद्यार्थी सकिल कार्कीलाई गाउँपालिकाद्वारा नगद पुरस्कार र ल्यापटप हस्तान्तरण
1584
SharesNews Summary
- एसईई २०८२ मा ४ जीपीए ल्याएर गाउँपालिका तथा जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेका सकिल कार्कीलाई गाउँपालिकाले नगद रु १५ हजार र ल्यापटपसहित सम्मान गरेको छ।
- गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको र मेहनत गर्ने विद्यार्थीलाई निरन्तर प्रोत्साहन गर्ने जनाएको छ।
दोलखा । एसईई परीक्षा २०८२ मा ४ जीपीए ल्याएर गाउँपालिका तथा जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेका निलकण्ठेश्वर मावि, जुगुका विद्यार्थी सकिल कार्कीलाई गाउँपालिकाले नगद पुरस्कारसहित ल्यापटप प्रदान गरेको छ।
शिक्षक - विद्यार्थी सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सकिललाई रु १५ हजार नगद तथा शैक्षिक प्रोत्साहनस्वरूप ल्यापटप हस्तान्तरण गरेका हुन्। कार्यक्रममा सकिलका परिवारजन, शिक्षक तथा स्थानीयको पनि उपस्थिति रहेको थियो।
गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिश्वास कार्कीले मेहनत गर्ने विद्यार्थीलाई स्थानीय सरकारले निरन्तर प्रोत्साहन गर्ने बताए।
सम्मानपछि मन्तव्य राख्दै सकिल कार्कीले आफ्नो सफलताको श्रेय विद्यालय, शिक्षक र परिवारको साथलाई दिएका थिए।
1584 Shares