एपेक्स स्कुल चरिकोटमा ह्युम्यानोइड रोबोटको आकर्षक प्रदर्शन, विद्यार्थीमा नयाँ उत्साह
आधुनिक प्रविधिसँग विद्यार्थीलाई जोड्दै एपेक्स स्कुलले गरायो रोबोटसँग प्रत्यक्ष अनुभव
1140
SharesNews Summary
- एपेक्स स्कुल चरिकोटले विद्यार्थीहरूलाई मानवजस्तै ह्युम्यानोइड रोबोटको आकर्षक प्रदर्शन गरायो।
- रोबोटसँगको प्रत्यक्ष अन्तरक्रियाले विद्यार्थीहरूमा रोबोटिक्स र एआईप्रति गहिरो चासो र उत्साह जगायो।
- विद्यालयले पढाइसँगै विद्यार्थीलाई आधुनिक विज्ञान र प्रविधिको व्यावहारिक अनुभव दिलाउने नीति लिएको छ।
दोलखा । एपेक्स स्कुल चरिकोटले आयोजना गरेको विशेष कार्यक्रममा ह्युम्यानोइड रोबोटको आकर्षक प्रदर्शन गरिएको छ। मानवजस्तै हिँड्ने, प्रतिक्रिया दिने र विभिन्न गतिविधि गर्न सक्ने रोबोट देखेपछि विद्यार्थीहरू उत्साहित बनेका थिए।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले रोबोटसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, प्रश्न सोध्ने र यसले कसरी काम गर्छ भन्ने बुझ्ने अवसर पाए। रोबोटले देखाएको गतिविधिले विद्यार्थीहरूमा रोबोटिक्स र कृत्रिम बौद्धिकता (एआई) प्रति चासो बढाएको प्रधानाध्यापक नसिब कायस्थले बताए।
उनका अनुसार अहिलेको समयमा विद्यार्थीलाई प्रविधिसँग नजिक गराउनु आवश्यक रहेको छ। एपेक्स स्कुलले पढाइसँगै विद्यार्थीलाई आधुनिक विज्ञान र प्रविधिको व्यावहारिक अनुभव दिलाउने खालका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उनले बताए।
“विद्यार्थीले किताबमा मात्र होइन, प्रत्यक्ष अनुभवबाट पनि सिक्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो,” प्रधानाध्यापक कायस्थले भने।
कार्यक्रमपछि धेरै विद्यार्थीहरूले भविष्यमा रोबोटिक्स, एआई र इन्जिनियरिङ क्षेत्रमा अध्ययन गर्ने इच्छा व्यक्त गरेका छन्। आधुनिक शिक्षासँग प्रविधिलाई जोड्ने एपेक्स स्कुलको प्रयासको अभिभावकहरूले समेत प्रशंसा गरेका छन्
1140 Shares