१७ असार २०८३, बुधवार

भर्खरै

दोलखा / संगठन

दोलखा वितरक संघको नयाँ नेतृत्व चयन, खड्का अध्यक्षमा निर्वाचित

८औँ साधारण सभा तथा चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन, पदाधिकारीलाई बधाई

हेर्दाहेर्दै डेस्क १५ चैत २०८२, आइतवार
दोलखा वितरक संघको नयाँ नेतृत्व चयन, खड्का अध्यक्षमा निर्वाचित

News Summary


  • दोलखा वितरक संघको ८औँ साधारण सभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
  • राजकुमार खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
  • नवनिर्वाचित नेतृत्वले व्यवसायीको हकहित संरक्षण तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

दोलखा । दोलखा वितरक संघको ८औँ साधारण सभा तथा चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनले राजकुमार खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा राधाकृष्ण कार्की, द्वितीय उपाध्यक्षमा नरेन्द्र रञ्जन दास, महासचिवमा रामशरण बस्नेत, सचिवमा मनोज खत्री तथा कोषाध्यक्षमा सिताराम थापा चयन भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा नवराज खतिवडा, दीपक खड्का, उद्धव सुवेदी, प्रशान्त बस्नेत र श्याम श्रेष्ठ रहेका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न व्यक्तित्व तथा संघसंस्थाहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। संघले नयाँ नेतृत्वसँगै व्यवसायीहरूको हकहित संरक्षण तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

195 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट