Herda Herdai logo १३ असोज २०८३, मङ्गलवार

भर्खरै

रोल्वालिङ यातायात सहकारीमा नयाँ नेतृत्व चयन

मिङ्गुर शेर्पाको नेतृत्वमा रोल्वालिङ यातायात सहकारी अगाडि बढ्ने

२४औँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १५ चैत २०८२, आइतवार
मिङ्गुर शेर्पाको नेतृत्वमा रोल्वालिङ यातायात सहकारी अगाडि बढ्ने

News Summary


  • रोल्वालिङ यातायात सहकारीको २४औँ साधारण सभाबाट मिङ्गुर शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन।
  • नवनिर्वाचित नेतृत्वले सेवा प्रवाह र यातायात क्षेत्रको विकासमा प्रतिबद्धता व्यक्त गरेको छ।

दोलखा । रोल्वालिङ यातायात सहकारी संस्था लिमिटेडको २४औँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। सो अधिवेशनबाट मिङ्गुर शेर्पा अध्यक्षमा निर्वाचित भएका छन्।

उपाध्यक्षमा देबराज शिवाकोटी, सचिवमा कुमार कार्की र कोषाध्यक्षमा प्रबिण थापा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कृष्ण थापा, रबिन श्रेष्ठ, छलिमाया थामी, भक्तबहादुर खड्का र ज्योति कायस्थ रहेका छन्।

नवनिर्वाचित नेतृत्वले सहकारीको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै यातायात क्षेत्रको विकास र संस्थागत सुदृढीकरणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

280 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट