नेकपा दोलखाको समीक्षात्मक बैठक सिङ्गटीमा सम्पन्न
निर्वाचनपछिको समीक्षा गर्दै संगठन सुदृढीकरणमा जोड
788
SharesNews Summary
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले विगु, गौरीशंकर र कालिन्चोक गाउँपालिका स्तरीय समीक्षात्मक बैठक सम्पन्न गर्यो।
- बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारबारे छलफल भयो।
- केन्द्रीय सदस्य विशाल खड्काको प्रमुख आतिथ्य रहेको उक्त बैठकको सञ्चालन नेता बुक्तम तामाङले गरेका थिए।
सिङ्गटी (दोलखा) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाको विगु, गौरीशंकर र कालिन्चोक गाउँपालिका स्तरीय समीक्षात्मक बैठक सिङ्गटीस्थित चिनारी होटलमा सम्पन्न भएको छ।
निर्वाचन पछिको पहिलो समीक्षात्मक बैठकका रूपमा हेरिएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा २०८२ सालका प्रतिनिधिसभा उम्मेदवार विशाल खड्काको प्रमुख आतिथ्य रहेको थियो।
बैठकमा तीनवटै स्थानीय तहका पार्टी अध्यक्षहरू तथा निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो धारणा राख्दै हालै सम्पन्न निर्वाचनको समीक्षा गरेका थिए। साथै, पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्ध विस्तारबारे समेत छलफल भएको थियो।
कार्यक्रम बिहीबार दिउँसो सम्पन्न भएको हो। बैठकको सञ्चालन नेकपाका नेता बुक्तम तामाङले गरेका थिए।
788 Shares