Herda Herdai logo १५ असोज २०८३, बिहिवार

भर्खरै

दोलखामा महिलाहरूका लागि ब्युटिसियन तालिम सुरु

सीप सिकेर आत्मनिर्भर बन्दै दोलखाका महिला

महिला उत्थान केन्द्रको आयोजनामा २० जना स्थानीय महिलाहरूलाई व्यावसायिक ब्युटिसियन प्रशिक्षण।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १९ चैत २०८२, बिहिवार
सीप सिकेर आत्मनिर्भर बन्दै दोलखाका महिला

News Summary


  • दोलखाको भीमेश्वर नगरपालिकामा महिलाहरूलाई दक्ष र स्वरोजगार बनाउन सहायक ब्युटिसियन तालिम सुरु भएको छ।
  • महिला उत्थान केन्द्र दोलखाको पहलमा २० जना सहभागीलाई आत्मनिर्भर बनाउँदै आर्थिक रूपमा सशक्त बनाउने यसको मुख्य उद्देश्य छ।

दोलखा  । दोलखाका महिलाहरूलाई घरको काममा मात्र सीमित नराखी दक्ष र स्वरोजगार बनाउने उद्देश्यले भीमेश्वर नगरपालिकामा सहायक ब्युटिसियन तालिम सुरु गरिएको छ। महिला उत्थान केन्द्र दोलखाको पहल र सामाजिक विकास कार्यालय धुलिखेलको सहकार्यमा सुरु भएको यस कार्यक्रमले स्थानीय महिलाहरूमा नयाँ उत्साह थपेको छ।

​तालिमको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले सीपयुक्त हातहरू कहिल्यै खाली नहुने र महिलाहरू आर्थिक रूपमा बलियो भए मात्र समाजको विकास हुने बताउनुभयो। हाल २० जना महिलाहरूले चरिकोटस्थित "हाम्रो ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर" मा व्यावसायिक प्रशिक्षण लिइरहेका छन्।

​अनुभवी प्रशिक्षक सरु थपलियाले प्रदान गरिरहनुभएको यो तालिम २०८३ असार मसान्तसम्म चल्नेछ। तालिमपछि सहभागी महिलाहरूले आफ्नै पार्लर खोल्न वा यस क्षेत्रमा रोजगारी पाउन सक्नेछन्, जसले गर्दा उनीहरू आर्थिक रूपमा अरूको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ।

685 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट