Herda Herdai logo १८ असोज २०८३, आइतवार

भर्खरै

राजनीति / Dolakha Politics

नेकपा दोलखाको दुई दिने समीक्षात्मक बैठक चरिकोटमा सुरु

९ वटै स्थानीय तहको रिपोर्टिङ सम्पन्न, भोलि जनवर्गीय संगठनको प्रस्तुति हुने

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २० चैत २०८२, शुक्रवार
नेकपा दोलखाको दुई दिने समीक्षात्मक बैठक चरिकोटमा सुरु

News Summary


  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाको दुई दिने समीक्षात्मक बैठक चरिकोटमा सुरु भएको छ।
  • बैठकमा आज ९ वटै स्थानीय तहले रिपोर्टिङ गरे भने भोलि जनवर्गीय संगठनहरूले प्रतिवेदन प्रस्तुत गर्नेछन्।

चरिकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाको दुई दिने समीक्षात्मक बैठक चरिकोटस्थित पार्टी कार्यालयमा सुरु भएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनका लागि गठन गरिएको परिचालन कमिटीका चुनावी कमान्डर भीम दाहालको अध्यक्षतामा बैठक सुरु भएको हो। बैठक दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ।

जिल्ला पार्टीका अनुसार बैठकमा सबै स्थानीय तहको रिपोर्टिङ प्रस्तुत गरिनेछ। आज (शुक्रबार) ९ वटै स्थानीय तहको रिपोर्टिङ सम्पन्न भएको छ भने भोलि जनवर्गीय संगठनतर्फबाट रिपोर्टिङ गरिने कार्यक्रम रहेको छ।

बैठकमा पार्टीका नेता तथा कार्यकर्ताहरूको  उपस्थिति रहेको थियो।

502 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट