ओराङमा ५ हजार ५ सय बिरुवा वितरण
स्थानीय उत्पादन वृद्धि र हरियाली प्रवर्द्धनका लागि विविध प्रजातिका बिरुवा वितरण
1081
SharesNews Summary
- विगु-२ ओराङमा विभिन्न प्रजातिका ५ हजार ५ सय बिरुवा वितरण गरिएको छ।
- स्थानीय कृषक तथा यती सामुदायिक वनलाई एभोकाडो, कागती, टिमुर, लप्सीलगायतका बिरुवा हस्तान्तरण गरिएको हो।
- कार्यक्रमले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण र स्थानीय आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
दोलखा । द ग्रीन इन्टेलिजेन्स संस्थाको सहयोगमा शनिबार विगु गाउँपालिका-२, ओराङमा विभिन्न प्रजातिका ५ हजार ५ सय बिरुवा वितरण गरिएको छ।
स्थानीय कृषक तथा यती सामुदायिक वन उपभोक्ता समूहलाई एभोकाडो ४२९, कागती ४२९, तेजपत्ता १३२, अम्बा २१५, टिमुर १३२, अस्ट्रेलियन कटुस ४२९, लप्सी ८०, ओखर (दाँते) ८०, चाप, पयेउ, किम्बु र कुट्मेरोलगायतका बिरुवा वितरण गरिएको हो।
विगु गाउँपालिका-२ ओराङका वडा अध्यक्ष दिपक ठकुरीले उक्त बिरुवा वितरण गरेका थिए। कार्यक्रममा स्थानीय कृषक तथा सामुदायिक वनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बिरुवा वितरण कार्यक्रमले स्थानीय स्तरमा फलफूल तथा वनजन्य उत्पादन वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। यसबाट कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।
स्थानीय समुदायको सहभागितामा सञ्चालन गरिएको कार्यक्रमले दीर्घकालीन रूपमा जैविक विविधता संरक्षण तथा दिगो कृषि प्रणाली प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
1081 Shares