Herda Herdai logo १६ असोज २०८३, शुक्रवार

भर्खरै

MELUNG ART EXHIBITION

क्यानभासमा मेलुङ’ प्रदर्शनी सम्पन्न

मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तामाङले गरेका थिए उद्घाटन

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १९ असार २०८३, शुक्रवार
क्यानभासमा मेलुङ’ प्रदर्शनी सम्पन्न

News Summary


  • नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र मेलुङ गाउँपालिकाको सहकार्यमा 'क्यानभासमा मेलुङ' कला प्रदर्शनी सम्पन्न भयो।
  • प्रदर्शनीमा मेलुङ क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति र जनजीवन झल्काउने कलाकृति प्रदर्शन गरिएका थिए।

काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्य तथा मेलुङ गाउँपालिका, दोलखाको आयोजनामा सम्पन्न ‘क्यानभासमा मेलुङ’ कार्यशालामा सिर्जित कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ।

प्रदर्शनीको उद्घाटन मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तामाङले गर्नुभएको थियो।

कलाकार विक्रम तमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका निवर्तमान कुलपति नारदमणि हार्तम्छाली, निवर्तमान सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, निवर्तमान प्राज्ञ परिषद् सदस्यहरू संजय वान्तवा र अरुणा हिङमाङ, मेलुङ गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, कलाकार, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा ‘क्यानभासमा मेलुङ’ कार्यशालामार्फत सिर्जना गरिएका कलाकृतिहरू प्रदर्शनमा राखिएका थिए। मेलुङ क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति र जनजीवनलाई चित्रमार्फत प्रस्तुत गरिएका ती कलाकृतिले दर्शकको ध्यान आकर्षित गरेका थिए।

आयोजकका अनुसार प्रदर्शनी असार १७ गतेसम्म सञ्चालन भई सम्पन्न भएको हो।

779 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट